बोडे होल्डिङ सेन्टर खाली गर्न विस्थापित परिवारलाई दुई दिनको अल्टिमेटम

काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट विस्थापित भई भक्तपुरको बोडे होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई मंसिर ११ गते दिउँसो २ बजेभित्र स्थान खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्देशन दिएको छ।
हाल उक्त सेन्टरमा १९ परिवारका ५९ जना बसिरहेका छन्। प्रशासनका अनुसार तीमध्ये ७ परिवार भूमिहीन नरहेको र बाँकी १२ परिवारको नाममा जग्गा नदेखिएको पाइएको छ।
जग्गा नभएका परिवारलाई एक महिनाको घरभाडाबापत १५ हजार रुपैयाँ उपलब्ध गराएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिइएको छ। साथै, उनीहरूलाई सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…


