NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रधानमन्त्री बालेन शाह र नरेन्द्र मोदीबीच औपचारिक द्विपक्षीय वार्ता सुरु

Nepaltube Australia

तस्बिर: प्रधानमन्त्रीको कार्यालय।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा पहिलो औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ।

वार्तामा व्यापार, ऊर्जा, कनेक्टिभिटी, जनकपुर–अयोध्या रेल सेवा र दार्चुला–धार्चुला मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल हुने कार्यक्रम छ।

वार्तापछि विभिन्न परियोजनाको भर्चुअल उद्घाटन, सम्झौतापत्र आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरी साँझ स्वदेश फर्कने कार्यक्रम छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार