NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कांग्रेसमा चिरीबाबु र सचिन सर्वाधिक मतसहित निर्वाचित

नेपालट्युब

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट खुलातर्फ चिरीबाबु महर्जन र ३५ वर्षमुनिका युवातर्फ सचिन तिमल्सेना सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ।

महर्जनले ५ हजार ३३० र तिमल्सेनाले ३ हजार १५६ मत प्राप्त गर्नुभएको छ।

युवा कोटाबाट अभिषेक आत्रेय, सुशील भट्ट, आयुस बगाले, आदर्श मल्ल, रोशन बस्नेत र शैलेश मिश्र पनि निर्वाचित हुनुभएको छ।

ललितपुर महानगरपालिकाका मेयर महर्जन पार्टी संगठनको निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार