NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

नेपालट्युब

बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना बढेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार रातिदेखि शुक्रबार रातिसम्म यसको प्रभाव बढी देखिनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने अनुमान छ।

केही क्षेत्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २९ जिल्ला बढी जोखिममा छ।

मौसमविद्हरूले पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई सतर्क रहन र किसानलाई काट्न तयार भएको धान सकेसम्म वर्षाअघि नै भित्र्याउन आग्रह गरेका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार