कांग्रेसको मतगणना तीव्र, बुधबारसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य
नेपालट्युब

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि सानेपास्थित पार्टी कार्यालयमा मतगणना तीव्र पारिएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार २५ वटा समूह बनाएर एकैपटक मतगणना भइरहेको छ। दुई क्लस्टरको गणना सकिएको छ भने चार क्लस्टरको गणना जारी छ।
जनसम्पर्कतर्फका सात जना केन्द्रीय सदस्य र पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री तथा केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। धेरैको चासो रहेको खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ।
निर्वाचन समितिले दसैंलाई ध्यानमा राख्दै बुधबारसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






