३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाह आइतबार भारत जाँदै, मोदीसँग सोमबार वार्ता

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा जाने हुनुभएको छ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनुहुनेछ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे भारत प्रस्थान गरी सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ। भ्रमणमा ५२ सदस्यीय व्यवसायी टोली र पत्रकारहरू पनि आफ्नै खर्चमा सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारबारे छलफल हुनेछ।
भ्रमणका क्रममा ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गरिनेछ। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता गर्नुका साथै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नु हुनेछ। उहाँ मोदीले आयोजना गर्ने औपचारिक दिवाभोज र नेपाल–भारत बिजनेस फोरमको छलफलमा समेत सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…



