NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

Nepaltube Australia

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सबैभन्दा लामो सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा करिब ३.४ किलोमिटर लामो सुरुङ ब्रेक थ्रु गरिएको हो। यसअघि समानान्तर अर्को सुरुङको ‘ब्रेक थ्रु’ गत भदौमै सम्पन्न भएको थियो।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ भने आयोजनाको निर्माण सम्पन्न गर्ने म्याद २०८६ चैतसम्म थपिएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार