NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दिनुभयो तिहारको शुभकामना

नेपालट्युब

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले तिहार अर्थात् दीपावलीको अवसरमा सबैलाई शुभकामना दिनुभएको छ।

उहाँले दीपावली उज्यालो, खुसी र नयाँ सुरुवातको प्रतीक भएको बताउँदै यो पर्वले सबैमा माया, एकता र सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ।

हिन्दु, जैन, सिख र बौद्ध समुदायका लागि विशेष महत्त्व राख्ने यो पर्वले सबै धर्म र संस्कृतिका मानिसलाई एकतामा जोड्ने उहाँको भनाइ छ।

त्यस्तै, अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउन विभिन्न समुदायले पुर्‍याएको योगदानको पनि उहाँले प्रशंसा गर्नुभएको छ।

अन्त्यमा, दीपावलीले सबैको जीवनमा खुसी, आशा र उज्ज्वल भविष्य ल्याओस् भन्दै प्रधानमन्त्री अल्बानिजीले शुभकामना व्यक्त गर्नुभएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार