NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

नेपालसहित करिब ६० देशमा अस्ट्रेलियाको भिसाका लागि बायोमेट्रिक्स सङ्कलन व्यवस्था

Nepaltube Australia

अस्ट्रेलियाले भिसा आवेदन प्रक्रियामा पहिचान प्रमाणीकरणलाई थप कडाइ गरेको छ।

अस्ट्रेलियाको गृह मन्त्रालयले आप्रवासन प्रणालीमा हुने ठगी रोक्न र आवेदकको पहिचान सुनिश्चित गर्न नेपालसहित करिब ६० देशमा बायोमेट्रिक्स सङ्कलन कार्यक्रम लागू गरेको जनाएको छ।

यो व्यवस्था हालै लाओस, मङ्गोलिया र भारतमा समेत विस्तार गरिएको छ। यसअन्तर्गत बायोमेट्रिक्स दिनुपर्ने सूचना प्राप्त गरेका भिसा आवेदकले तोकिएका केन्द्रमा पुगेर औँठाछाप र अनुहारको तस्बिर उपलब्ध गराउनुपर्नेछ।

अस्ट्रेलिया सरकारले यस व्यवस्थाबाट नक्कली पहिचानको प्रयोग रोक्न र भिसा आवेदन प्रक्रियालाई थप सुरक्षित तथा विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार