NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

सिड्नीमा नयाँ वर्षको आतसबाजी हेर्ने टिकट वितरणमा त्रुटि, ३ हजार जनालाई गलत सूचना

Nepaltube Australia

अस्ट्रेलियाको सरकारी निकाय ट्रान्सपोर्ट फर एनएसडब्ल्यूले सिड्नीमा नयाँ वर्षको आतसबाजी हेर्न उपलब्ध ३५० निःशुल्क टिकटको चिठ्ठा प्रक्रियामा प्राविधिक त्रुटि हुँदा करिब ३ हजार जनालाई गल्तीले विजेता भएको सन्देश पठाइएको जनाएको छ।

काहिल एक्सप्रेसवेबाट आतसबाजी हेर्ने टिकट प्राप्त गरेको सूचना पाए पनि अनलाइनबाट टिकट लिन नसकेपछि अन्योल सिर्जना भएको थियो। घटनाप्रति ट्रान्सपोर्ट फर एनएसडब्ल्यू र टिकट वितरण साझेदार ओजटिक्सले सार्वजनिक रूपमा माफी मागेका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार