NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

सन् २०२७ को डीभी चिट्टा खोल्ने आदेशमा अमेरिकी पुनरावेदन अदालतको रोक

Nepaltube Australia

अमेरिकाको नाइन्थ सर्किट कोर्टले सन् २०२७ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको आवेदन खोल्न जिल्ला अदालतले दिएको आदेश स्थगित गर्न आदेश दिएको छ।

तीन न्यायाधीशको संयुक्त इजलासले जिल्ला अदालतको आदेशमा रोक लगाएसँगै डीभी आवेदन तत्काल खुल्ने विषयमा अनिश्चितता बढेको छ।

यसअघि जिल्ला अदालतले डीभी आवेदन खुलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको बताइएको थियो। तर अमेरिकी सरकार उक्त आदेशविरुद्ध पुनरावेदन अदालतमा पुगेको थियो।

पुनरावेदन अदालतको निर्णयले डीभी कार्यक्रम पूर्ण रूपमा बन्द भएको अर्थ भने लाग्दैन। यस विषयमा थप कानुनी प्रक्रिया अघि बढ्न सक्ने सम्भावना भने कायमै छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार