NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

चक्रवात ‘अर्नब’को प्रभाव: काठमाडौंसहित देशभर वर्षा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Nepaltube Australia

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। चक्रवात कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा यसको प्रभाव कायमै रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा भारी हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। शनिबारदेखि मौसम प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार