NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

पर्थका ६० भन्दा बढी रेस्टुरेन्ट र क्याफेमा फेयर वर्कको विशेष अनुगमन

Nepaltube Australia

अस्ट्रेलियाको फेयर वर्क अम्बुड्सम्यानले नोभेम्बर ३ देखि पर्थ र आसपासका ६० भन्दा बढी रेस्टुरेन्ट तथा क्याफेमा विशेष अनुगमन सुरु गरेको छ।

अस्ट्रेलियाली सीमा सुरक्षा बल र पश्चिम अस्ट्रेलिया सरकारसँगको सहकार्यमा भइरहेको अनुगमनमा विशेषगरी सबक्लास ४८२ भिसामा कार्यरत आप्रवासी कामदारको पारिश्रमिक, श्रम अधिकार र सम्भावित शोषणको जाँच गरिनेछ।

यसअघि पनि फेयर वर्कले ३ हजार ५ सयभन्दा बढी कामदारलाई कम पारिश्रमिक दिएको पाइएपछि ५६ लाख अस्ट्रेलियन डलर फिर्ता गराएको थियो।

फेयर वर्क प्रमुख अन्ना बुथले श्रम अधिकार उल्लङ्घन भएमा निर्धक्क भएर उजुरी दिन कामदारहरूलाई आग्रह गर्नुभएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार