बेलायतमा PR पाउने अवधि ५ बाट १० वर्ष पुर्याउने सरकारको नयाँ योजना

बेलायत सरकारले स्थायी बसोबास (PR) अर्थात् Indefinite Leave to Remain (ILR) प्राप्त गर्न आवश्यक सामान्य अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याउने नयाँ नीति सार्वजनिक गरेको छ।
बेलायतकी गृहमन्त्री शबाना महमुदले सोमबार संसद्मा प्रस्तुत गरेको Earned Settlement नीतिअनुसार अधिकांश विदेशी नागरिकले स्थायी बसोबासका लागि १० वर्ष कुर्नुपर्नेछ।
तर, वार्षिक ५० हजार २७१ पाउन्डभन्दा बढी आम्दानी गर्ने व्यक्ति तथा डाक्टर, नर्स र शिक्षकजस्ता केही पेशाकर्मीले ५ वर्षमै PR का लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, वार्षिक १ लाख २५ हजार पाउन्डभन्दा बढी कमाउने व्यक्तिले ३ वर्षमै आवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
निश्चित सर्त पूरा गरेका केयर वर्करलाई पनि ५ वर्षमै PR पाउने सुविधा कायम राखिनेछ।
नयाँ व्यवस्थामा अंग्रेजी भाषा दक्षता, आपराधिक पृष्ठभूमि, कर तथा सरकारी बक्यौता र National Insurance योगदानलाई महत्त्व दिइनेछ।
सरकारले यो नीति सन् २०२७ देखि चरणबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…
