NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पहिलो दिन के–के भयो?

Nepaltube Australia

फोटो: प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक भारत भ्रमणमा जानुभएका बालेन शाह आइतबार दिउँसो नयाँदिल्ली पुग्नुभएको थियो। त्यहाँ उहाँलाई भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभएको थियो।

त्यसपछि बालेन शाहले विदेशमन्त्री एस जयशंकरसँग करिब आधा घण्टा भेटवार्ता गर्नुभएको थियो। भेटमा नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ। त्यसमा केके कुराकानी भयो भनेर खुलाइएको छैन।

तर आज भने प्रधानमन्त्री बालेनले केही समय अघि मात्रै राष्ट्रपतिको कार्यालयमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

आज नै उहाँले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुँदैछ।

वार्तामा आर्थिक सहायता, व्यापार, पारवहन, ऊर्जा, एयर रुट र कनेक्टिभिटीलगायतका विषय प्राथमिकतामा रहने बताइएको छ।

दुई देशबीच विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने र संयुक्त पत्रकार सम्मेलन गरेर केके कुराकानी भयो भने जानकारी दिने कार्यक्रम पनि छ।

त्यस्तै, बालेन शाह नरेन्द्र मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनुहुनेछ भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नुहुने तालिका छ।

यी सबै कार्यक्रम सकेर प्रधानमन्त्री बालेन आजै स्वदेश बेलुका ६ बजेर ३५ मिनेटमा फर्किनु हुनेछ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार