NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

‘पार्टीलाई २१औं शताब्दी सुहाउँदो बनाउँछु’

नेपालट्युब

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सचिन तिमल्सेनाले पार्टीलाई २१औं शताब्दी सुहाउँदो बनाउँदै देशलाई समुन्नतिको बाटोमा अघि बढाउने बताउनु भएको छ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि धन्यवाद व्यक्त गर्दै तिमल्सेनाले डेढ दशकको राजनीतिक सक्रियतापछि यो उपलब्धि हासिल गरेको बताउनु भएको हो।

उहाँले आफ्नो राजनीतिक यात्रामा प्रेरणा र अवसर दिने पार्टी सभापति गगनकुमार थापालाई विशेष धन्यवाद दिनुभएको छ। साथै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका अग्रजप्रति पनि आभार व्यक्त गर्नुभएको छ।

तिमल्सेनाले आफ्ना राजनीतिक आदर्श बीपी कोइराला, कांग्रेसका संस्थापक नेताहरू र आफूलाई राजनीति सिकाउने बुवालाई स्मरण गर्नुभएको छ।

‘अबको बाटो नेपाली कांग्रेसलाई थप २१औँ शताब्दी सुहाउँदो पार्टी बनाई यो देशलाई समुन्नतितर्फ हाँक्ने हो,’ उहाँले भन्नुभएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार