NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

विमल घर्तीमगरको फुटबल यात्रामा पूर्णविराम!

Nepaltube Australia

नेपाली फुटबलमा कुनै समय निकै ठूलो आशा गरिएका खेलाडी जसको खेल हेर्न हजारौँ दर्शक उत्साहित हुन्थे। अब तिनै विमल घर्तीमगरले आफ्नो फुटबल यात्रामा पूर्णविराम लगाउनु भएको छ।

बुटवलबाट सुरु भएको उहाँको यात्रा काठमाडौं हुँदै नेपाली राष्ट्रिय टोलीसम्म पुगेको थियो। यो यात्रामा उहाँले अनेक चुनौती सामना गर्नुपर्यो। देशका लागि खेल्नुभयो र आफ्नो जीवनको ठूलो हिस्सा फुटबललाई समर्पण गर्नुभयो।

हिजो फेसबुकमा सन्न्यासको घोषणा गर्दै फुटबलले आफूलाई माया, सम्मान र पहिचान दिएको विमलले बताउनु भएको छ। समर्थकले दिएको साथ र मायाप्रति आभार व्यक्त गर्दै उहाँले यो निर्णय लिँदा आफू निकै भावुक भएको उल्लेख गर्नुभएको छ्।

कुनै समय नेपाली फुटबलको भविष्यका रूपमा हेरिएका विमलको यात्रा भने उतारचढावपूर्ण रहेको थियो।। राष्ट्रिय टोलीबाट खेलेका उहाँका सम्झनलायक प्रदर्शन नेपाली फुटबल समर्थकका लागि अविस्मरणीय रहनेछन्।

नेपाली फुटबलमा विमल घर्तीमगरको योगदान र उहाँका समर्थकसँग जोडिएका सम्झनाहरू भने सधैँ रहनेछन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार