NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

साउदी अरबको रियादस्थित फाइनान्सियल सेन्टरको आक्रमणमा परी तीन नेपालीसहित ११ जना घाइते

Nepaltube Australia

साउदी अरबको राजधानी रियादस्थित फाइनान्सियल सेन्टरमा भएको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका छन्।

साउदी अरबको नागरिक सुरक्षा निकायका अनुसार नोभेम्बर २४ मा भएको उक्त आक्रमणमा तीन नेपाली, दुई भारतीय, दुई साउदी र चार इजिप्टका नागरिक घाइते भएका हुन्।

साउदी अधिकारीहरूले उक्त आक्रमण यमनको हुथी समूहले गरेको बताएका छन्। घाइते नेपालीहरूको स्वास्थ्य अवस्थाबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन।

साउदी अरब नेपालीहरूको प्रमुख वैदेशिक रोजगारी गन्तव्यमध्ये एक हो। त्यहाँ करिब चार लाख नेपाली कामदार कार्यरत छन्।

साउदी अरबमा रहेका नेपालीहरूले स्थानीय प्रशासनको सुरक्षा निर्देशन पालना गर्न नेपाली दूतावासले आग्रह गर्दै आइरहेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार