NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

कानेपोखरी घटना: बाबुछोरा पक्राउ, गृहमन्त्रीको कडा चेतावनी

Nepaltube Australia

मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा बुवा र सोही घटनालाई लिएर कुटपिट गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ मा ५५ वर्षीय व्यक्तिले आफ्नै बुहारी नाता पर्ने १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो।

तर यही घटनालाई लिएर उनका २३ वर्षीय छोराले आफ्नी आमालाई समेत छेउमा राखेर पीडित बालिकासँग सोधपुछ गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो।

त्यसपछि प्रहरीले मंसिर ९ गते ती युवकलाई पनि पक्राउ गरेको हो। उनीमाथि विद्युतीय अपराध तथा बालविवाहसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसै घटनालाई लिएर गृहमन्त्री सुदन गुरुङले महिला तथा बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा र दुर्व्यवहार सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ।

गृहमन्त्री गुरुङले कानुन हातमा लिने र जघन्य अपराध गर्ने जोकोहीलाई पनि कडाभन्दा कडा कारबाही गरिने भन्दै अपराध गर्नुअघि हजार पटक सोच्न चेतावनी दिनुभएको छ।

साथै, पीडितलाई न्याय दिलाउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार