वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा चार जना पक्राउ
तेजस्वी कुँवर

वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
मंगलबार टर्की, बेलायत, दक्षिण कोरिया लगायतका देश पठाइदिने भन्दै रकम ठगी गर्ने चार जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पीडितको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ।
उहाँहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





