NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

महिलामाथि दुर्व्यवहारको आरोप लागेका सांसद सुनारमाथि छानबिन सुरू

Nepaltube Australia

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारमाथि महिलालाई दुर्व्यवहार गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन सुरू गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै केन्द्रीय अनुशासन आयोगलाई घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउनुभएको छ।

छानबिन निष्कर्षमा नपुगेसम्म सांसद सुनारलाई कुनै पनि औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको आचार्यले जनाउनु भएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार