आज घटस्थापनासँगै बडादसैं सुरु
नेपालट्युब

नेपालीहरूको महान् पर्व वडादसैं आजदेखि सुरु भएको छ।
आज असोज २५ गते आइतबार देशभर घटस्थापना गरी दसैँको पहिलो दिन मनाइँदैछ।
घटस्थापनाका दिन घरघरमा विधिपूर्वक जमरा राखेर दुर्गा भवानीको पूजा आराधना गरिन्छ।
घटस्थापनासँगै सुरु हुने नवरात्रमा नौ दिनसम्म दुर्गा भगवतीका विभिन्न स्वरूपको पूजा गर्ने परम्परा छ।
आज घटस्थापनाका लागि बिहान ११ बजेर ४७ मिनेटको साइत निर्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
हनुमानढोका दरबारस्थित दसैँघरमा पनि वैदिक विधिअनुसार जमरा राख्ने परम्परा छ।
दसैँको पहिलो दिन घटस्थापनादेखि सुरु हुने पर्वको मुख्य दिन विजयादशमी यस वर्ष कात्तिक ४ गते बुधबार परेको छ। उक्त दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





