NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अस्ट्रेलियामा १ लाख ८१ हजारभन्दा बढी श्रमिकलाई ४५ करोड ३० लाख डलर बक्यौता तलब फिर्ता

Nepaltube Australia

अस्ट्रेलियाको फेयर वर्क ओम्बुड्सम्यानले आर्थिक वर्ष २०२५–२६ मा ज्याला ठगीमा परेका १ लाख ८१ हजारभन्दा बढी श्रमिकका लागि ४५ करोड ३० लाख अस्ट्रेलियन डलर बक्यौता तलब असुल गरी फिर्ता गराएको छ।

यससँगै पछिल्लो ६ वर्षमा अस्ट्रेलियाली श्रमिकलाई फिर्ता गराइएको बक्यौता तलबको कुल रकम करिब २ अर्ब ५० करोड अस्ट्रेलियन डलर पुगेको छ।

ओम्बुड्सम्यान अन्ना बुथले युनियन, व्यावसायिक संस्था र नियामक निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै साना व्यवसायमा कार्यरत तथा भिसावाहक श्रमिकलगायत जोखिममा रहेका कामदारको अधिकार संरक्षण गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार