अस्ट्रेलियामा आजदेखि नयाँ आप्रवासन नियम लागू, ब्रिजिङ र प्रोटेक्सन भिसामा कडाइ

अस्ट्रेलिया सरकारले ब्रिजिङ भिसा र प्रोटेक्सन भिसाको निर्णयविरुद्ध पुनरावलोकन गर्ने प्रक्रियामा नयाँ नियम लागू गरेको छ।
गृह मामिला विभाग अन्तर्गतको Migration Amendment Regulations 2026 आजदेखि कार्यान्वयनमा आएको हो।
नयाँ व्यवस्थाअनुसार प्रोटेक्सन भिसाको आवेदन विचाराधीन रहेका व्यक्तिले उक्त आवेदनकै आधारमा विदेश गएर अस्ट्रेलिया फर्किन ब्रिजिङ भिसा बी (Subclass 020) प्राप्त गर्न पाउने छैनन्।
नोभेम्बर १ अघि दर्ता भएका ब्रिजिङ भिसाका आवेदन भने प्रक्रिया अनुसार अघि बढाइने जनाइएको छ।
त्यस्तै, प्रोटेक्सन भिसा अस्वीकृत भएपछि प्रशासनिक पुनरावलोकन न्यायाधिकरण (एआरटी) मा पुनरावलोकनका लागि आवेदन दिने व्यक्तिको शुल्क भुक्तानी प्रक्रियामा पनि परिवर्तन भएको छ।
नयाँ नियमले तोकिएको शुल्क अग्रिम बुझाउनुपर्ने व्यवस्था गरेको छ।
एआरटीले जारी गरेको आधिकारिक सूचनाअनुसार पुनरावलोकन आवेदन दर्ता गर्दा १,८६३.५० अस्ट्रेलियन डलर अग्रिम बुझाउनुपर्ने छ। अध्यागमन हिरासतमा रहेका वा तोकिएका संयुक्त आवेदन दिने व्यक्तिले शुल्क छुट पाउन सक्छन्। पुनरावलोकन सफल भएमा शुल्क फिर्ता हुने व्यवस्था भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…

