NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

विष्णु पौडेल साधारण तारेखमा रिहा

नेपालट्युब

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई गत असार ८ गते पक्राउ गरेको थियो।

व्यवसायी दीपक भट्टलाई गैरकानुनी आर्थिक लाभ पुग्ने गरी निर्णय गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो।

अवैध सम्पत्ति लुकाउन सहयोग गरेको तथा मतियारको भूमिका खेलेको आरोपमा उनीसहित ६ जना व्यक्ति र १० कम्पनीविरुद्ध करिब २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो।

तर, तत्काल उपलब्ध प्रमाणबाट पौडेलले प्रत्यक्ष आर्थिक लाभ लिएको वा सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको पुष्टि नभएको भन्दै विशेष अदालतले उनलाई थुनामा नराखी साधारण तारेखमा छाड्ने आदेश दिएको हो। अ

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार