NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Entertainment

पोर्चुगलमा पहिलोपटक गुञ्जियो १९७४ एडी

नेपालट्युब

नेपाली रक ब्यान्ड १९७४ एडी ले पहिलोपटक पोर्चुगलमा सांगीतिक प्रस्तुति दिएको छ।

‘रक यात्रा’ युरोप टुरको उद्घाटन कन्सर्टका रूपमा लिस्बनमा आयोजित कार्यक्रममा करिब १५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए।

करिब तीन घण्टा चलेको कन्सर्ट ‘तिमीलाई पिरती’ र ‘सम्बोधन’ गीतबाट सुरू भएको थियो। त्यसपछि ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाएको थियो।

‘पोर्चुगलमा १९७४ एडीको यो पहिलो प्रस्तुति हो। पहिलो शोमै १ हजार ५ सय दर्शकको साथ पाउँदा निकै उत्साहित छौं,’ ब्यान्डका म्यानेजर अनुज कार्कीले भने।

उनका अनुसार रक यात्रा-२ को उद्देश्य संसारभर छरिएका नेपालीलाई नेपाली संगीतमार्फत जोड्नु हो। पोर्चुगलबाट सुरू भएको यो यात्रा युरोपका विभिन्न देशसम्म पुग्ने उनले बताए।

पोर्चुगलपछि ब्यान्डले अगस्ट ८ मा डेनमार्क, अगस्ट ९ मा फ्रान्स, अगस्ट १५ मा पोल्यान्ड, अगस्ट २० मा माल्टा र अगस्ट २३ मा बेल्जियममा प्रस्तुति दिने तालिका छ। ‘आइ पपर्स’ को सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदैछ।

‘युरोपका नेपाली दर्शकबाट पाएको ऊर्जा र मायाले आगामी कन्सर्टहरू अझ विशेष हुने विश्वास छ,’ कार्कीले भने।

हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार