आज फागुपूर्णिमा,रङगसँग रमाएर पर्व मनाइदै

काठमाडौं । आज नेपालका हिमाली एवम् पहाडी जिल्लासँगै विदेशका विभिन्न स्थानमा फागुपूर्णिमा पर्व मनाइँदैछ ।
होलीमा एकापसमा रङग र लोला खेल्ने गरिन्छ । नेपालीहरुको ठूलो समूदाय रहेका मुलुक अष्ट्रेलिया, अमेरिका, युके,क्यानडा लगायत विश्वका विभित्र देशमा नेपाली समूदायले सामुहिक रुपमा होली मनाउने गर्दछन् । होली पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने पर्वका रुपमा मनाउने गरिन्छ । आज काठमाडौँको वसन्तपुरमा गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइन्छ ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








