Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानियामा “नेपाली बिजनेस एक्सपो” आयोजना हुँदै, यी व्यक्तिलाई ठूलो लाभ !

तास्मानियामा “नेपाली बिजनेस एक्सपो” आयोजना हुँदै, यी व्यक्तिलाई ठूलो लाभ !


ब्रिजबेन । अष्ट्रेलियाको तास्मानिया राज्यमा अप्रिल २९ तारेखमा “नेपाली बिजनेस एक्सपो २०२३” आयोजना हुने भएको छ । नेपालीज विजनेस एशोसियशन अफ तास्मानिया (एनबीए) ले तास्मानियाको होबार्ट सिटी हलमा व्यवसायीहरुबीचको अनुभन आदानप्रदान र नयाँ व्यवसाय गर्न चाहानेहरुलाई परामर्श दिने उद्देश्यले एक्सपो आयोजना गर्न लागेको हो ।

तास्मानियाको समय अनुसार बिहान ११ बजे उद्घाटन हुने बिजनेस एक्सपोमा नेपाली समूदायका व्यक्तिहरुबाट सञ्चालित विभिन्न ४० देखी ५० वटासम्मका व्यवसायिक स्टल रहने बताइएको छ । तास्मानियाभरका नेपाली मूलका उद्यमीहरूका साथै नयाँ व्यवसाय गर्ने सोचमा रहेकाहरुको एक्सपोमा सहभागिता हुने आयोजकको विश्वास रहेको छ । ‘Together We Create Value’ नारासहित हुन लागेको एक्सपोमा तस्मानियामा विभिन्न व्यापार सञ्चालनहरू देखाउने विशेष वृत्तचित्र प्रस्तुत गरिनेछ ।

नेपाली समूदायले विभिन्न व्यवसायमार्फत तास्मानीया सरकारलाई अर्थतन्त्रमा दिएको योगदान, रोजगारीसँगै नयाँ व्यवसाय गर्न चाहानेहरुलाई व्यवसाय सञ्चालनसम्बन्धी परामर्श र सफल व्यवसायीसँगको अनुभव साटासाटको मुख्य उद्देश्य राखेर व्यापार मेला आयोजना गर्न लागिएको नेपालीज विजनेस एशोसियशन अफ तास्मानिया (एनबीए) का सचिव उमेश सुन्चेउरीले नेपालट्युवलाई जानकारि दिनुभयो ।

नेपालबाट अष्ट्रेलियाको तास्मानिया पुगेर व्यवसाय सञ्चालन गरिरहेका र व्यवसायिक सफलताको उचाई चुम्नुभएकाहरुको एकै थलोमा हुने जमघटबाट केही गरौँ भन्ने सोच बोकेका धेरैले साथ सहयोग र हौसला पाउने विश्वास आयोजकको रहेको छ । मेलाको पूर्वतयारी पुरा भएको समेत (एनबीए) का सचिव सुन्चेउरीले जानकारि दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ