NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Entertainment

गायक प्रकाश सपुत बने कोरोना संक्रमित

nepaltube

काठमाडौं । गायक प्रकाश सपुतलाई कोरोना भारसको संक्रमण भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको गायक सपुत आफैले जानकारी दिनुभएको हो ।

गायक प्रकाशले काठमाडौं मेडिकल कलेजमा गराएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको उल्लेख गर्दै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्न अनुरोध गर्नुभएको छ । एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएर पिसिआर टेस्ट गरेको जानकारी गराउनुभएका गायक सपुतले कोरोनालाई सामान्य नठान्न सबैलाई आग्रह गरेका छन् । कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वाससहित गायक सपुत होम आइसोलेसनमा बसेका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार