Tuesday, 30 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेशभर मनसुनी वायुको प्रभाव, भारी वर्षासँगै बाढी,पहिरोको जोखिमबाट कसरी बच्ने ?

देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षासँगै बाढी,पहिरोको जोखिमबाट कसरी बच्ने ?


काठमाडौं । सोमबार दिउँसो लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको छ । रातिदेखी सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले जोखिम हेरेर सचेतना अपनाउन आग्रह गरेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै नदीतटिक्ष क्षेत्र, पहिरोको जोखिम र डुबानको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहदा अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गएको १२ घण्टाको अवधिमा काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । सबैभन्दा धेरै दैलेखमा ८५ दशमलव ४ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा ७३ मिलिमिटर, डोटीको दीपायलमा ६७ दशमलव ६ मिलिमिटर र सिन्धुपाल्चोकको बाँसखर्कमा ६४ दशमलव ६ मिलिमिटर पानी मापन गरिएको छ ।

भक्तपुरको हनुमन्ते खोला तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन राति ठूलो पानी पर्न सक्ने पूर्वानुमानसहित देशभरका नदीहरूमा आकस्मिक बाढीको जोखिम,कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन अपिल गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ