Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक वर्षपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त, को हुन नयाँ राजदूत पोखरेल ?

एक वर्षपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त, को हुन नयाँ राजदूत पोखरेल ?


काठमाडौं । करिब एक वर्ष लामो रिक्तता तोड्दै नेपाल सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त गरेको छ । संसदीय सुनुवाईबाट अनुमोदन भएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएसँगै पूर्व सहसचिव कैलाशराज पोखरेल अष्ट्रेलिका लागि नेपाली राजदूत बन्न सफल हुनुभएको हो ।

को हुन पोखरेल ?
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनीज्वाइँ नाता पर्ने पोखरेल यसअघि कुनै बिवादमा नमुछिएका पूर्व प्रशासक हुनुहुन्छ । सहसचिवबाट सेवानिबृत्त पोखरेल निजामती सेवामा रहँदा कहिल्यै बिवादमा पर्नुभएको थिएन् । सरकारले सिफारिस गरेको नाम संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिमार्फत राजदूतका रुपमा नियुक्त गर्ने संबैधानिक व्यवस्था पुरा भएको छ भने राजदूत पोखरेलले ओहोदाको प्रमाणपत्र अष्ट्रेलिया सरकार समक्ष बुझाएपछि औपचारिक नियुक्तिले पुर्णता पाउनेछ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त हुनुभएका पोखरेलले एसिया प्रशान्त क्षेत्रका फिजी, पपुवा न्यूगिनि र न्युजिल्याण्डको राजदूतको भुमिका समेत निभाउनुपर्नेछ । चारवटा राष्ट्रको कुटनीतिक नेतृत्वको भूमिका बोकेर अष्ट्रलिया आउँदैगर्दा केही महत्वपूर्ण जिम्मेवारी र चुनौँतीको सामना पोखरेलले गर्नुपर्नेछ ।

बिहिबार पोखरेलसँगै कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

यो पनि पढ्नुहोस्:

माधव नेपालका ज्वाइँ अष्ट्रेलियाका लागि नेपाली राजदूत, यस्ता छन अवशर र चुनौँती !



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ