NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

काठमाडौंका २ जुवातासको खालबाट १६ जना पक्राउ, साँढे २ लाख नगद समेत जफत !

nepaltube

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका दुई ठाउँबाट प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना र नागार्जुन नगरपालिका–३ गैरीगाउँस्थित हर्कबहादुर गुरुको घरमा जुवातास खेलिरहेको अवस्थामा दोर्जे लामा समेत ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले डल्लुबाट नगद ६३ हजार २ सय ८० रूपैयाँ र ३ बुक तास सहित ७ जनालाई शनिबार राती पक्राउ गरेको हो । यस्तै, नागार्जुन नगरपालिका–३ गैरीगाउँ बाट समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको जानकारि दिएको छ । गैरीगाउँबाट प्रहरीले नगद २ लाख ९९ हजार ७ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जानकारि गराएको छ ।

प्रहरीले पछिल्लो समय जुवातास विरुद्धको कारबाही र सर्च अप्रेशनलाई तिब्रता दिएको छ । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानबाट जुवातासको खालमै पुगेर प्रहरीले मोटो रकमसहित व्यक्ति पक्राउ गर्दैआएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार