नेपालमा महिला विदेशी पर्यटकको आकर्षण बढ्दो

पछिल्लो १० वर्षमा नेपाल भ्रमण गर्ने महिला विदेशी पर्यटकको संख्या ११० प्रतिशतले बढेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१५ मा २ लाख ४९ हजार रहेको महिला पर्यटक संख्या सन् २०२५ मा ५ लाख २६ हजार पुगेको हो।
सन् २०२५ मा नेपाल भ्रमण गर्ने कुल विदेशी पर्यटक संख्या ११ लाख ६५ हजार नाघेको बोर्डको तथ्यांक छ।
भारतबाट सबैभन्दा धेरै २५ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अमेरिका र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
बोर्डका अनुसार पर्यटकको औसत बसाइँ अवधि पनि बढेर १६ दिनभन्दा बढी पुगेको छ।
पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब ८ देखि १० प्रतिशत योगदान पुर्याउने गरेको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






