अर्थमन्त्री वाग्ले र एसियाली पूर्वाधार लगानी बैंककी अध्यक्ष जोउबीच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) की अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ।
सोमबार अर्थमन्त्री वाग्ले र अध्यक्ष जोउबीच भएको भेटमा भोटेकोशीको बाढीपछिको उत्थानशील, पुनःर्निर्माण, विद्युत्, सडक तथा डिजिटल पूर्वाधार विकासबारे कुराकानी भएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले एआइआइबीको लगानी विस्तार र सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन आग्रह गरेका थिए।
यस्तै, अहिले नेपालमा जारी आयोजनाहरूको काम छिटो सम्पन्न गर्न जोड दिँदै अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमण गर्ने अर्थमन्त्री वागलेले निमन्त्रणा दिए।
अध्यक्ष जोउले अनुदान सहायता तथा अधिकतम सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले पुनः निर्माण र विकास प्रयासमा पनि पूर्ण सहयोग गर्ने जनाए।
रसुवाको भोटेकोशीमा आएको बाढीले ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





