NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
International

जापानमा भिसा नवीकरण र पीआर शुल्क बढ्दै

नेपालट्युब

जापानले अक्टोबरदेखि भिसा नवीकरण र स्थायी बसोबास (पीआर) आवेदनको शुल्क बढाउने भएको छ।

जापानको अध्यागमन सेवा एजेन्सी (आइएसए) ले नयाँ शुल्क संरचना सार्वजनिक गरेको हो।

आइएसएका अनुसार, अक्टोबर १ वा त्यसपछि दर्ता हुने आवेदनमा मात्रै नयाँ शुल्क लागू हुनेछ। सेप्टेम्बर ३० सम्म दर्ता भएका आवेदनमा भने पुरानै शुल्क लाग्नेछ।

नयाँ व्यवस्थाअनुसार भिसा नवीकरण तथा बसोबासको हैसियत परिवर्तनको शुल्क बसोबास अवधिअनुसार १० हजारदेखि ७५ हजार येनसम्म हुनेछ।

५ वर्ष वा सोभन्दा बढी अवधिका लागि स्वीकृति पाएमा काउन्टरबाट आवेदन गर्दा ७५ हजार येन शुल्क लाग्नेछ।

स्थायी बसोबास (पीआर) आवेदनको शुल्क भने २ लाख येन पुग्नेछ।

आइएसएले नयाँ व्यवस्थाले बसोबासको अवधिअनुसार शुल्क निर्धारण गर्ने जनाएको छ।

अनलाइन आवेदनमा भने ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि शुल्क ६५ हजार येन हुनेछ।

अक्टोबर १ देखि अनलाइन आवेदनको शुल्क कन्विनियन्स स्टोर वा बैंकमार्फत तिर्नुपर्ने व्यवस्था पनि लागू हुनेछ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार