NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
International

मलेसियासँगै अन्य चार देशमा पनि सिन्डिकेट प्रयास भइरहेको वैदेशिक रोजघार संघको दाबी

नेपालट्युब

वैदेशिक रोजगार व्यवसायी संघले मलेसियासँगै कुवेत, बहराइन, ओमान र कतारमा पनि सिन्डिकेट लागू गर्ने प्रयास भइरहेको दाबी गरेको छ।

संघका अध्यक्ष डिकबहादुर खत्रीले सीमित म्यानपावर कम्पनीलाई मात्र श्रमिक पठाउने अधिकार दिने गरी सिन्डिकेटको प्रयास भइरहेको बताउनुभयो।

मलेसियामा सीमित संस्थालाई मात्र श्रमिक भर्नाको अधिकार दिने व्यवस्था हटाउन संघले सरकारसँग ७ बुँदे माग राखेको छ।

नेपाल सरकारबाट इजाजत प्राप्त सबै म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने संघको माग छ।

संघले निजी कम्पनी वा विदेशी प्रणालीलाई नेपालको कानुनभन्दा माथि राख्न नहुने भन्दै मलेसियाको विवादित प्रणालीबारे पारदर्शी छानबिन गर्न पनि माग गरेको छ।

नेपालमा करिब एक हजार म्यानपावर कम्पनी कानुनी रूपमा सञ्चालनमा रहेको भन्दै संघले सबैलाई मलेसियालगायत श्रम गन्तव्यमा समान रूपमा श्रमिक पठाउने अवसर दिनुपर्ने बताएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार