NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
International

रोनाल्डोले किन मागे माफी?

नेपालट्युब

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गल्ती भएको स्वीकार गर्दै त्यसको सजाय भोग्न आफू तयार रहेको बताएका छन्।

रोनाल्डोले आफूले राष्ट्रिय फुटबल टोलीको क्याम्प छाड्नु गल्ती भएको स्वीकार गरेका हुन्। रोनाल्डोले प्रशिक्षक जर्ज जेससले आफूसँग गरेको वाचा दुईपटक तोडेपछि आफूले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडेको बताएका छन्।

गत साता नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा रोनाल्डो बेन्चमै बसेका थिए। त्यसपछि डेनमार्कविरुद्ध पनि आफू सुरुआती टोलीमा नपर्ने थाहा पाएपछि उनले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए।

रोनाल्डोले सामाजिक सञ्जालमा लामो वक्तव्य जारी गर्दै आफूले गरेको कामको जिम्मेवारी लिन तयार रहेको बताएका हुन्।

उनले पोर्चुगिज फुटबल महासंघले आफूलाई कारबाही गर्नुपर्ने र त्यसमा कुनै छुट दिन नहुने समेत उल्लेख गरेका छन्। तर क्याम्प छाड्नुको मुख्य कारण प्रशिक्षक जेसससँगको विश्वास टुट्नु रहेको बताएका छन्।

रोनाल्डोबिनै खेलेको नर्वे र डेनमार्कविरुद्ध पोर्चुगलले जित निकालेको छ। पोर्चुगलले अब नोभेम्बरमा डेनमार्क र वेल्ससँग नेसन्स लिगका अन्तिम समूह खेल खेल्नेछ।

तर उनले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यास लिने कुनै योजना नरहेको पनि स्पष्ट पारेका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार