NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
International

सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट, नेपाल एयरलाइन्स क्षेत्रीयतर्फ दोस्रो

नेपालट्युब

सिंगापुर एयरलाइन्स सन् २०२६ को विश्वकै उत्कृष्ट वायुसेवा कम्पनी बनेको छ।

स्काइट्र्याक्सको विश्व वायुसेवा पुरस्कारमा सिंगापुर एयरलाइन्सले अहिलेसम्म ६ पटक यो उपाधि जितिसकेको छ।

सन् २०२६ को विश्व वरीयतामा कतार एयरवेज दोस्रो र क्याथे प्यासिफिक तेस्रो स्थानमा छन्।

नेपाल एयरलाइन्स भने भारत र दक्षिण एसियाका उत्कृष्ट क्षेत्रीय वायुसेवा कम्पनीको विधामा दोस्रो भएको छ। यो विधामा माल्दिभियन पहिलो र नेपाल एयरलाइन्स दोस्रो स्थानमा छन्।

तर नेपाल एयरलाइन्स विश्वका उत्कृष्ट वायुसेवा कम्पनीको समग्र वरीयतामा दोस्रो भएको होइन। विश्वका उत्कृष्ट १०० वायुसेवा कम्पनीको समग्र सूचीमा नेपाल एयरलाइन्स परेको छैन।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार