सीएनएनसहित तीन मिडियाले ट्रम्प प्रशासनविरुद्ध अदालतमा दायर गरे मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सञ्चार माध्यमले मुद्दा दर्ता गरेका छन्।
सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा सिएनएन, पोलिटिको र एमएस नाउले मुद्दा दायर गरेमो उनीहरूले संयुक्त विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
उनीहरूले ह्वाइट हाउसमा पत्रकारको पहुँच रोक्नु असंवैधानिक भएको भन्दै मुद्दा दायर गरेका छन्।
राष्ट्रपति ट्रम्पले शुक्रबार सिएनएन, पोलिटिको र एमएस नाउलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।
ती सञ्चारमाध्यमले ट्रम्प प्रशासनबारे ‘झुटा’ समाचार प्रकाशित गरेको उनले आरोप लगाउँदै आएका थिए तर शनिबार भे ती संस्थाका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमै रोक लगाइएको थियो।
ट्रम्पले भने प्रतिबन्ध कुनै एउटा समाचारका कारण नलगाएको दाबी गर्दै आएका छन्।
ट्रम्प प्रशासनले यसअघि पनि एपीसहित सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएको थियो। त्यसपछि प्रेस स्वतन्त्रताको विषयमा विवाद हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




