NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियामा बन्ने घरहरूको डिजाइन हुने व्यवसायको केन्द्र थापाथली

Nepaltube Australia

काठमाडौंको थापाथलीस्थित एक कम्पनीले अष्ट्रेलियाबाट सञ्चालन हुने विभिन्न व्यवसायका लागि नेपालमै ३५ भन्दा बढीलाई रोजगारी दिएको छ।

निर्माण, रियल इस्टेट र सूचना-प्रविधि क्षेत्रमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी सुमन नेपाल नेपालमै कार्यालय स्थापना गरी काम गरिरहेका हुन्।

नेपालमा नाइस बिल्ड, नाइस होम्स, नाइस होम्स नेपालले रियल स्टेट सम्बन्धि काम गर्छ। यस्तै, अस्ट्रेलियाको विभिन्न कम्पनीहरुलाई आइटी सेवा दिन ‘एलाइट बिजनेस स्टाफिङ’ नामक कम्पनी समेत भएको उनले बताए।

उनका अनुसार अष्ट्रेलियामा बन्ने घरका नक्सा तथा डिजाइन थापाथलीस्थित कार्यालयबाट तयार हुने गरेका छन्। कम्पनीले ‘नाइस होम्स नेपाल’ मार्फत नेपालमा रियल इस्टेट सेवा पनि सञ्चालन गरिरहेको छ।

व्यवसायी नेपालले स्वदेशमै दक्ष जनशक्ति र सञ्चालन लागत तुलनात्मक रूपमा कम हुने भएकाले नेपालबाट सेवा विस्तार गरिएको बताए।

उनले विदेशी आम्दानी नेपाल ल्याउँदा बैंकिङ प्रक्रिया जटिल हुने, आवश्यकभन्दा बढी कागजात मागिने र व्यवसाय दर्तालगायत प्रशासनिक प्रक्रिया अझै सहज नभएको गुनासो गरे। विदेशमा रहेका नेपालीलाई समयमै योजना बनाएर नेपाल फर्की व्यवसाय र रोजगारी सिर्जनामा लाग्न उनको आग्रह छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार