रास्वपाका सांसदहरूले परिवार र आफन्तलाई स्वकीय सचिव राख्न नपाउने
नेपालट्युब

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्दा परिवार वा नजिकका आफन्त नराख्न निर्देशन जारी गरेको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी र जनउत्तरदायी बनाउन निर्देशन जारी गरेका हुन्।
‘स्वकीय सचिव नियुक्ति गर्दा एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको छ’, महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा भनिएको छ।
पार्टीले यो नियुक्ति पारिवारिक र नातागोताको दायराभन्दा बाहिरबाट मात्र गर्नुपर्ने स्पष्ट गरेको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







