NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

एक महिला अभियान्ता पक्राउ

गरिमा श्रेष्ठ

धामीझाक्री र माताका नाममा भइरहेको विकृति रोक्न भन्दै सामाजिक सञ्जाल अभियान सुरू गर्नुभएकी एक अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीले उहाँलाई पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार एक महिलाको बेइज्जत गरेको भन्दै उनीलाई नियन्त्रणमा लिइएको हो।

काठमाडौं जिल्ला अदालतले प्रहरीलाई थप अनुसन्धानका लागि एक दिनको म्याद थपेको छ।

पछिल्लो समय यी अभियन्ताले कथित धामीझाँक्री र माताका बारेमा भिडियो बनाउँदै आउनुभएको थियो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार