नागरिकता पुन:प्राप्तिसँगै उपप्रधान एवं गृहमन्त्री बन्दै रवि लामिछाने, यस्ता हुनेछन आगामी कदम
काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुन:प्राप्ति प्रक्रिया अघि बढाउने भएका छन् । सर्वोच्च अदालतको संबैधानिक इजलासले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले पुन:प्राप्ति प्रक्रियामा जाने तयारी गरेका हुन ।
सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्री पद गुमेको छ । अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा नगएर पुरानै नेपाली नागरिकता प्रयोग गरेको विषयमा प्रश्न उठाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै नागरिकता पुनप्र्राप्ति प्रक्रिया पूरा गर्ने तयारीमा यतिबेला लामिछाने रहेका छन् । अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानो नागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन सक्ने काठमाडौं प्रशासनले बताउँदैआएको छ । सम्भवतः एक दुई दिनभित्रै रवीले नागरिकता पुनप्र्राप्ति प्रक्रियामार्फत नेपाली नागरिकता प्राप्त गर्नेछन् । लामिछानले अदालती फैसला र अवको प्रक्रिया बारे आफ्ना कानुनी सल्लाहकारसँग छलफलमा छन् ।
रविले नयाँ नागरिकता प्राप्त गर्नासाथ वैध ठहरिने छन् । यसपछि पुनः राष्ट्रिय स्वतन्त्र पार्टी सभापति हुँदै चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न कुनै समस्या भोग्नुपर्दैन । रविलाई चितवन–२ मा हुने उपनिर्वाचनमा जित हासिल गर्न झनै सहज हुने उनी निकटस्थको दावी छ ।
नागरिकता लिएपछि फेरी उपप्रधान तथा गृहमन्त्री
लामिछानले नागरिकता लिएसँगै पुनः ६ महिनाका लागि गृह तथा उपप्रधानमन्त्री नियुक्त हुने आँकलन गरिएको छ । ६ महिनाभित्र उनले चुनाव जितेर आउने र मन्त्री पदले निरन्तरता पाउने उनी निकट श्रोतको दाबी छ । नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार रवि पुनः गृहमन्त्री नियुक्त हुने र ६ महिनाभित्र चितवन–२ मा हुने उपनिर्वाचनबाट सहजै जितेर सांसद भएर आउने आँकलन गरिएको छ ।
सत्ता गठबन्धनका नेता रविले नेपाली नागरिकता लिएपछि उनलाई पुनः गृह मन्त्रालयमै फिर्ता गर्ने विषयमा सकारात्मक जस्तै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै एमाले अध्यक्ष ओली समेत पुनः रविलाई नै गृहमन्त्री नियुक्त गर्ने विषयमा सकारात्मक छन् । यही योजनाका कारण हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफंैले राखेको आँकलन गरिएको छ ।
तपाईको प्रतिक्रिया