Monday, 29 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाउनको दोश्रो सोमबार,पशुपतिसहित देशभरका शिवालयमा दर्शनार्थीको भीड

साउनको दोश्रो सोमबार,पशुपतिसहित देशभरका शिवालयमा दर्शनार्थीको भीड


काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन अनुसार र्शनार्थीको भीड लागेको हो ।

साउनमा यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यो वर्षको साउन महिनामा चार सोमबार परेका छन् । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देख्न सकिन्छ ।

गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या देखिन थालेको छ । साउन महिनामा बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्छन् । बोलबम यात्रीले यही महिनामा विशेष उत्सबका रुपमा सुन्दरिजल क्षेत्रमा औपचारिक कार्यक्रम समेत गर्ने गर्दछन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ