Wednesday, 31 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसाँढे २ महिनामै बाढी, पहिरोलगायतका विपद्मा परेर नेपालमा १ सय ४३ जनाको मृत्यु

साँढे २ महिनामै बाढी, पहिरोलगायतका विपद्मा परेर नेपालमा १ सय ४३ जनाको मृत्यु

४७ जना वेपत्ताको खोजी कार्य जारी !


काठमाडौं । गत जेठ २८ गतेदेखि सुरु भएको मनसुनी वर्षासँगै नेपालका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबारसम्म एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि सोमबार साँझसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।

विपद्धजन्य घटनामा परेर अहिलेसम्म काठमाडौं उपत्यकामा ९,कर्णाली प्रदेशमा ४४,कोशी प्रदेशमा ३५, गण्डकी प्रदेशमा ३१, सुदूरपश्चिम प्रदेशमा १४, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा ९ जना गरी जम्मा एक सय ६१ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा ७१ जनाको उद्धार गरिएको प्रहरी तथ्यांक रहेको छ । बाढीपहिरामा परी बागमती प्रदेशमा ४२, कोशी प्रदेशमा दुई, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले जानकारि दिएको छ ।

बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६ सय आठ वटा पशु चौपायाको मृत्यु भएको छ । विपद्का घटनाबाट चार हजार ४२ घरपरिवार विस्थापित भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ