Friday, 16 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसोलुमा भिषण बाढी, विपद्धबाट दुईमहिनामै नेपालमा गयो २ सय ११ को ज्यान !

सोलुमा भिषण बाढी, विपद्धबाट दुईमहिनामै नेपालमा गयो २ सय ११ को ज्यान !


सोलुखुम्बु, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढीले १४ वटाभन्दा बढी घर बगाउँदा एक जना बेपत्ता भएका छन् । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दिएको जानकारी अनुसार, विद्यालय १, क्लिनिक १, व्यक्तिगत घर ७ र होटल ७ वटामा पूर्ण रुपमा क्षति पुग्दा एक जना बेपत्ता भएका हुन् ।

थामे क्षेत्रकै ७ वटा घरहरू जोखिममा रहेको बताइएको छ, । एउटा छात्रावास पनि बगेको पाइएको छ । सबैभन्दा पहिला नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको, पछि नेपाल प्रहरी र सशस्त्रको टोली पनि पुगेर उद्धारमा खटिएको प्रजिअ खत्रीले जानकारि दिनुभएको छ । शुक्रबार पौने २ बजे आएको बाढीका कारण २० बढी घर पुरिएको अनुमान गरिएको छ । यद्यपि थप विवरण संकलन हुने क्रम जारी रहेको छ । थामे बाढीका कारण दूधकोसी नदीको जलसतह बढेको छ । दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो । खुम्बु पासाङ ल्हामु, माप्य दूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने आँकलनसहित सतर्कता अपनाउन अपिल गरिएको छ ।

प्राकृतिक विपद्धबाट २ महिनामा २ सय ११ को मृत्यु !
नेपालमा मनसुनपछिको पछिल्लो दुई महिना असार र साउनमा मनसुनजन्य सहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने एकसय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट एक सय ७० जना र अन्य विपद्बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी भैरहेको प्रहरीले जानकारि गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ