धनकुटाको भेडेटारमा बिदेशी र आन्तरिक पर्यटकको भीडभाड
काठमाडौं । पूर्वी नेपालको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन बिदेशी र आन्तरिक पर्यटकहरूको भीडभाड देखिएको छ ।

बिहीवार अंग्रेजी नयाँ वर्ष मनाउन स्वदेशी एवं विदेशी ( भारतीय ) पर्यटकको संख्या उल्लेख्य रुपमा देखिएको छ । छिमेकी देश भारतको बिहार राज्य र पश्चिम बंगाल लगायतबाट यो क्षेत्रमा नयाँ वर्ष मनाउन आउने गरेको स्थानीय व्यापारीहरूले बताएका छन् ।

भेडेटारमा पछिल्लो समय निर्माण गरिएको स्काइवाक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै आएको छ ।
स्काइवाक गर्न र सो क्षेत्रको पर्यटकीय सुन्दरता हेर्न पूर्वका सहरहरू धरान, इटहरी, विराटनगरसहित झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्लाबाट आन्तरिक पर्यटक समेत आउने गर्दछन् ।
















तपाईको प्रतिक्रिया