Sunday, 11 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकुलमान- रवि बिछोड, फुटउन्मुख उज्यालो नेपाल पार्टी

कुलमान- रवि बिछोड, फुटउन्मुख उज्यालो नेपाल पार्टी


काठमाडौं । रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपाल पार्टीमा विभाजन आउनेभएको छ ।

रास्वपासँग पद बाडफाँडमा कुरा नमिलेपछि कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बन्नु भएकाे छ भने रास्वपासँगको एकतालाई लिएर पार्टीमा  बिभाजन देखिदैछ ।

रास्वपासँग कुरा नमिलेपछि पार्टीका संरक्षक रहनुभएका कुलमानले नेतृत्व आफैँ लिनुभएको छ । उज्यालोको तर्फबाट अघि सारिएका केही मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता टुटेको घोषणा गरेको छ । उज्यालो नेपाल पार्टीका उपाध्यक्ष डा.तारा जोशीसहित केन्द्रीय सदस्य डा.विशाल भण्डारी र सन्दीप भट्टराई रास्वपामै समाहित हुदैहुनुहुन्छ । केही केन्द्रीय सदस्य पनि रास्वपामा रहनेगरि संवादमा रहेको बताइएको छ ।

दुबै पार्टी थप रणनीति बनाउन आन्तरिक बैठकमा छन् । कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले साँझ ६ बजे पत्रकार सम्मेलन नै राखेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ