नेतृत्व फेर्नुपर्ने भन्दै कांग्रेस विशेष महाधिवेशनस्थलमा नारावाजी
काठमाडौं । ‘हलको माग पूरा गर, नेतृत्व परिवर्तन गर’ भन्दै विशेष महाधिवेशनस्थलमा नाराबाजी गर्न थालिएको छ ।

महाधिवेशन प्रतिनिधिहरुले गगन-विश्व चाहिन्छ, झुठो वार्ता चाहिदैन भन्दै नारावाजी गरेका हुन् । अब वार्ताका नाममा अलमलमा नपर्न महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मामाथी दबाब बढाईएको छ ।

यता, कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको छ । सार्वजनिक कार्यतालिकामा आजै साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ । Photo- NPL















तपाईको प्रतिक्रिया