पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट दिएको उम्मेदवारी फिर्ता लिनुभएको छ ।
डा. भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको थियो । फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा उहाँले गर्नुभएको हो ।
गोरखा २ का जनता, नयाँ पुराना राजनीतिक दलको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उहाँले बताउनुभयो । संसद् बाहिर रहेर जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता डा. भट्टराईले गर्नुभएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया